पहिरोमा परेर दाङमा एक जना युवाको मृत्यु भएको छ।
पहिरो झरेर अवरूद्ध सडकमा मोटरसाइकल गुडाउन नमिलेपछि डोर्याउने क्रममा: घोराही उपमहानगरपालिका १४ का ३५ वर्षका नरबहादुर घर्ती (सुदीप) को मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता झलकप्रसाद शर्माका अनुसार मंगलबार कपुरकोटबाट तुलसीपुर आउँदै गर्दा तुलसीपुर ३ ढक्रेनीमा पहिरोमा परेर घर्तीको मृत्यु भएको हो।
उनको टाउकोमा ढुंगा लागेको थियो। उनी नेत्रविक्रम चन्द नेतृत्वको पार्टीमा आवद्ध थिए।