ललितपुर गोदावरी नगरपालिकाको तत्कालीन मेयर गजेन्द्र महर्जनसहित १४ जनाले सफाइ पाएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।
मेयर महर्जनसहित १४ जनालाई विशेष अदालतले २०८१ साउन ३० गते सफाइ दिएको थियो।
विशेष अदालतको उक्त फैसलाविरूद्ध अख्तियारले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन पेस गराएको हो।
अख्तियारले मेयर महर्जनसहित १४ जनाविरूद्ध २०८१ जेठ २१ गते भ्रष्टाचार मुद्दा दर्ता गराएका थियो।
प्रदेश कानुनले तोकेभन्दा कम राजस्व लिने गरी नगरपालिकाले कानुन बनाएको दाबी गर्दै उनीहरूविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।
उनका अनुसार गोदावरीको ढुंगा-गिटी बिक्री वितरण गर्दा सरकारी दररेटभन्दा कम गरी सरकारलाई एक अर्ब ४ करोड ८७ लाख ४५ हजार रूपैयाँ हानिनोक्सानी पुर्याएको अख्तियारको आरोप छ।
उनीहरूविरूद्ध सरकारलाई हानिनोक्सानी पुर्याएको रकम बराबरको बिगो माग दाबी गरिएको थियो।
यो पनि:
गोदावरी नगरपालिकाका मेयरसहित १४ जनाले पाए भ्रष्टाचार मुद्दाबाट सफाइ