हरित अर्थतन्त्रलाई प्रोत्साहित गर्न भन्दै सरकारले त्यसमा कर सुरू गरेको छ। अहिलेलाई मुख्य पाँच प्रकारका वस्तुमा हरित कर सुरू गरिएको हो।
कोइला र कोइलाबाट उत्पादित वस्तुमा प्रतिकेजी ५० पैसा कर लाग्ने भएको छ।
कोक लगायतका वस्तमा पनि ५० पैसाका साथै अन्य विभिन्न तेलहरूमा पनि प्रतिलिटर ५० पैसा कर लाग्ने भएको छ।
पेट्रोल र डिजेलमा समान प्रतिलिटर एक रूपैयाँ कर लाग्ने भएको छ।
लुब्रिकेन्ट तथा खनिज तेलमा पनि प्रतिलिटर एक प्रतिशत यस्तो कर लाग्ने भएको हो।
सरकारले हरित कर नयाँ करको रूपमा सुरू गरेको हो।
यो पनिः के हो बजेटले सुरू गरेको हरित कर? कस्तो वस्तुमा लाग्छ?