बाढी-पहिरोका कारण भारतबाट ल्याइएका आलु लामो समय सडक जाममा फस्दा कुहिएका छन्।
असोज १० र ११ गते परेको अविरल वर्षापछि बाढी-पहिरोले विभिन्न राजमार्गहरू अवरूद्ध बनेका थिए। मालवाहक गाडी पनि सडकमै रोकिँदा भारतबाट ल्याइएका आलु बाटोमै कुहिन थालेको हो।
ती आलु अहिले काठमाडौंको कालिमाटी तरकारी बजारमा ल्याइपुर्याइएका छन्। सोमबार तरकारी व्यवसायीहरूले आलुलाई घाममा सुकाएर सद्दे आलु छान्न थालेका हुन्।
यसरी ल्याइएका आलु कुहिएपछि लाखौंको घाटा भएको व्यापारीहरूको गुनासो छ। अधिकांस आलु फ्याँक्नुपर्ने हुँदा घाटा भएको र सरकारले कुनै राहत नदिएको उनीहरूको गुनासो छ।
भारतको गुजरात, पंजाब लगायतका स्थानबाट नेपालमा आलु आयात हुने र सो आलु १ बोरा किन्दा प्रति केजी ५७, ५८ रुपैयाँ पर्ने गर्छ।
तर अहिले बाटोका कारण धेरै आलु कुहिएको र घाटा सन्तुलन गर्न केही महंगो भएको व्यापारी सन्तोष अवस्तीले बताए। उनले आफ्नै ३ लाख रुपैयाँ क्षती भएको र अन्य व्यापारीहरूको थप क्षति भएको बताए।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
-ink-1728278984.jpeg)
-ink-1728278983.jpeg)
-ink-1728278983.jpeg)
-ink-1728278983.jpeg)
-ink-1728278983.jpeg)
-ink-1728278982.jpeg)
-ink-1728278982.jpeg)
-ink-1728278982.jpeg)
-ink-1728278981.jpeg)
-ink-1728278981.jpeg)
-ink-1728278981.jpeg)