गर्मी छल्न तराईदेखि पहाड उक्लने तोपचरा अहिले भने आफ्नो बासस्थान बनाउन दत्तचित्त छन्।
आफ्ना लागि बस्ने बासस्थान सुन्दर र कलात्मक ढाँचामा बनाउने भएकाले यसलाई ‘इन्जिनियर चरा’ पनि भन्ने गरिन्छ।
यतिबेला काठमाडौंका केही स्थानमा तोप चराका कलात्मक र सुन्दर गुँडहरू देख्न सकिन्छ। रूखका हाँगामा झुन्डिएका चित्ताकर्षक गुँडले मानिसको ध्यान खिचेको छ।
भँगेरा वर्गमा पर्ने यो चराको भालेले पोथीलाई आकर्षण गर्नको निम्ति पनि मिहिनेतका साथ सुन्दर बासस्थान तयार पार्ने गर्छन्। गुँड मन परेन भने पोथी भित्रै पस्न मन नपराउने अध्येताहरूको भनाइ छ।
समूहमा हिँड्ने यो प्रजातिको यो चरामा भोलेहरूबीच गुँड बनाउने प्रतिस्पर्धा नै चल्छ।
जसले राम्रो गुड बनायो पोथी चरा उसैको गुँडमा बस्न जाने भएकाले भाले चरालाई राम्रो बासस्थान बनाउनै पर्ने बाध्यता रहने अध्येताहरू बताउँछन्।
आकर्षक गुँड बनाइरहेका यी चराहरूका आकर्षक कला तस्बिरमा हेरौं।
-1747889547.jpg)
-1747889547.jpg)
-1747889550.jpg)
-1747889550.jpg)
-1747889549.jpg)
-1747889549.jpg)
-1747889549.jpg)
-1747889549.jpg)
-1747889548.jpg)
-1747889548.jpg)
-1747889548.jpg)
-1747889548.jpg)
-1747889547.jpg)
-1747889547.jpg)