बाँकेको भन्सार नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रकमसहित दुई जना पक्राउ पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दाङको बबई गाउँपालिकाको पुरन्धाराकी २६ वर्षीया साइना नेपाली र भारतको जिल्ला लखनऊ उत्तर प्रदेशका ४० वर्षीय निरज चौरसिया रहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले बताए।
उनीहरूलाई जेठ १४ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरबाट प्रहरीले सवारी चेकजाँचका क्रममा पक्राउ गरेको थियो।
जतिखेर उनीहरू छिमेकी देश भारतको रूपैडिहा हुँदै उनी नेपाल आइरहेका थिए। उनीहरूको साथबाट भारतीय रुपैयाँ ५०० दरको नोट ६०० र २०० दरको नोट १००० थान बरामद भएको डिएसपी पतालीले बताए।
भारतको लखनऊका ४० वर्षीय निरज चौरसिया पनि पक्राउ परेका छन्।
चौरसियाले चलाएको यूपी ३२ एलबी ६३८९ नम्बरको गाडी चेकका क्रममा स्रोत नखुलेको भारतीय रकम बरामद भएको थियो।
दुबै जनालाई प्रहरीले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाएको छ।