रौतहटमा बम बिस्फोट पछि इँट्टाभट्टामा जलाएर मारेको आरोप लागेका नेपाली कांग्रेसका नेता आफताब आलमलाई सफाइ दिएका दुई न्यायाधीशहरूविरूद्ध उजुरी परेको छ।
न्याय परिषदमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनविरूद्ध उजुरी परेको स्रोतले बतायो।
जिल्ला अदालत रौतहटले देखाएका आधारलाई बेवास्ता गरी फैसला गरेको भन्दै छानबिन गर्नुपर्ने माग राखिएको हो।
गत बुधबार न्यायाधीशहरू थारू र महर्जनको इजलासले आफताब आलमसहित चार जनालाई सफाइ दिने फैसला गरेको हो।
आलमसँगै उनका भाइ मोहम्मद महताब आलम, शेख सेरोज भन्ने शेख सराज र बद्री सहनीले पनि सफाइ पाएका हुन्। जिल्ला अदालत रौतहटले उनीहरू चारै जनालाई २०८१ वैशाख १३ गते जन्मकैदको फैला गरेको थियो।
यो पनि:
तीन आधार दिएर उच्च अदालतले दियो आफताब आलमलाई सफाइ, पुनरावेदनमा जाने सरकारी वकिलको तयारी