सल्यानमा एक जना युवक मृत फेला परेका छन्।
शुक्रबार कुपिण्डे नगरपालिका-६ डुडाखोल-कुवाखोला नजिकै २३ वर्षीय शंकर बिसी मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी केशर न्यौपानेका अनुसार उनी रूखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
उनका अनुसार मृतकको चिउँडो, आँखा लगायत शरीरका केही ठाउँमा खत देखिएको छ। घटना शंकास्पद हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान थालेको छ।
मृत फेला परेका बिसी रोजगारीको शिलशिलामा भारत जाने गरेका थिए। उनी ६ महिना पहिला मात्रै भारतबाट फर्किएका थिए।
बिहीबार उनीसँगै स्थानीय युवाहरू मेलामा समेत गएको हुँदा त्यसबारे पनि अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए।
प्रहरीले तीन जनामाथि सोधपुछ गरिरहेको स्रोतले बतायो।