२अर्ब ५० करोड भन्दा बढी रकम हिनामिना गरेर फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६५ वर्षीय राजेन्द्रवीर रायलाई पक्राउ गरेको हो।
उनी उक्त बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत समेत हुन्।
उनलाई सिआइबीको टोलीले रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट शनिबार पक्राउ गरेको एसपी युवराज खड्काले जानकारी दिए।
रायले पटकपटक सञ्चालक समितिको अध्यक्षमा रहेर बैंकमा संकलन भएको बचतकर्ताहरूको २ अर्ब ५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार भएका थिए।
उनलाई प्रहरीले बैंकिङ कसुर तथा सजाय ऐन, २०६५ अन्तर्गत नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान गरिरहेको छ।