काठमाडौं उपत्यकाका नेवार समूदायले सिथि नखः मनाएका छन्।
सिथि नख: को दिन काठमाडौं उपत्यकाभरि इनार, कुवा, धारा लगायत पानीका स्रोत सरसफाइ गर्ने चलन छ।
यो काठमाडौं उपत्यकामा मनाइने वार्षिक जात्रा पर्वको अन्तिम दिन हो। यसपछि किसानहरू खेतीपातीमा व्यस्त हुन्छन्।
सिथि नखःले मनसुन सुरू हुन लागेको संकेत गर्छ।
मनसुनअघि मुहान सफा गरेर पानीको आपूर्ति प्रणाली व्यवस्थित गर्नु यसको उद्देश्य हो।
वर्षा सुरू भइसकेपछि भूमिगत पानीको सतह बढ्ने भएकाले सरसफाइ गर्न गाह्रो हुन्छ। त्यसैले मनसुन सुरू हुनु ठ्याक्कै अगाडि सिथि नखः मनाइन्छ।
तर यसपालि शुक्रबार नै मनसुन नेपाल भित्रिसकेको छ।
तस्बिरहरूः
-ink-1748757257.jpeg)
-ink-1748757257.jpeg)
-ink-1748757257.jpeg)
-ink-1748757256.jpeg)
-ink-1748757256.jpeg)
-ink-1748757256.jpeg)
-ink-1748757255.jpeg)
-ink-1748757255.jpeg)
-ink-1748757255.jpeg)
-ink-1748757254.jpeg)
-ink-1748757254.jpeg)
-ink-1748757254.jpeg)
-ink-1748757254.jpeg)
-ink-1748757253.jpeg)
-ink-1748757253.jpeg)