वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिनमा भोटो देखाउने जात्रा आइतबार अपराह्न ललितपुरमा सम्पन्न भएको छ।
रातो मच्छिन्द्रनाथको रथ तानेर ललितपुरको थटिटोलबाट जावलाखेल पुगेको चौथो दिन आज भोटो देखाइएको हो। ‘यो भोटो कसको’ भनेर हरेक वर्ष देखाउने चलन छ। हरेक वर्ष जात्रा समापनअघि भोटो देखाउनुको अर्थ 'मच्छिन्द्रनाथको जिम्मामा रहेको भोटो सुरक्षित छ है' भनेर सबैलाई सन्देश दिनु हो।
जावलाखेलमा विशेष समारोहकाबीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रथजात्रा पनि औपचारिक रूपमा सम्पन्न भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री लगायतहरूको उपस्थिति थियो।
भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ। कपडाको थैलीमा सिलबन्दी गरेर राखिएको भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो। बाक्लो भीडकाबीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाए।
भोटो देखाएसँगै उपत्यकाको सबभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथ यात्रा समापन भएको छ।
यो पनि: यो भोटो कसको?
तस्बिरहरू:
-1748780047.jpeg)
-1748780047.jpeg)
-1748780047.jpeg)
-1748780047.jpeg)
-1748780046.jpeg)
-1748780046.jpeg)
-1748780044.jpeg)
-1748780044.jpeg)
-1748780043.jpeg)
-1748780043.jpeg)
-1748780044.jpeg)
-1748780044.jpeg)
-1748780041.jpeg)
-1748780041.jpeg)
-1748780040.jpeg)
-1748780040.jpeg)
-1748780040.jpeg)
-1748780040.jpeg)
-1748780039.jpeg)
-1748780039.jpeg)