घोराहीबाट ९ किलो गाँजा र ५३ ग्राम चरेशसहित एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा रोल्पाको थवाङ गाउँपालिका – १ थवाङ घर भइ हाल दाङको घोराही उप-महानगरपालिका –१४ मिलन चोक बस्ने ६३ वर्षीया मायादेवी विक छिन्।
उनलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
लागुऔषधको अबैध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट प्रहरी अनुसन्धानका लागि खटिएको थियो ।
प्रहरी टोलीले विक बस्ने कोठामा खानतलासी गर्दा लुकाएर राखिएको ९ किलो ८२० ग्राम गाँजा र ५३ ग्राम चरेश बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले अनुसन्धानका लागि दुई वटा मोबाइल फोन र ९ हजार ३०० रूपैयाँ पनि बरामद गरी अनुसन्धान गरिरहेको छ।