न्यायपालिका अधिकृत समाजमा नयाँ कार्यसमिति चयन भएको छ।
काठमाडौंमा शुक्रबार र शनिबार सम्पन्न समाजको पाँचौं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो।
सामूहिक छलफलमार्फत कार्यसमिति तय गरिएको थियो।
अध्यक्षमा सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सहरजिस्ट्रार अच्युत कुइकेल चयन भएका छन्।
उपाध्यक्षमा सर्वोच्च अदालतकै सूचना अधिकारी एवं उपरजिस्ट्रार निराजन पाण्डे र शारदा फुयाल चयन भएका छन्।
महासचिवमा सर्वोच्च अदालतका अविधान सापकोटा, सचिवमा राजस्व न्यायाधीकरण काठमाडौंका वीरेन्द्र बस्नेत र कोषाध्यक्षमा प्रकाश सुवेदी चयन भएका छन्।
सदस्यहरूमा नरेश कार्की, देवराज दाहाल, रेवतीप्रसाद पराजुली, उर्मिला भट्टराई, कविता दाहाल, तेजबहादुर राई, मुस्ताक अहमद खान र चक्रबहादुर रसाइली सुनार चयन भएका हुन्।
त्यसैगरी प्रदेश सदस्यहरूमा कोशीबाट रामचन्द्र बस्नेत, मधेसबाट प्रभाकर कुमार मल्लिक, बागमतीबाट भुपाल सुवेदी, गण्डकीबाट सन्जिब ढकाल, लुम्बिनीबाट रामप्रसाद पोख्रेल, कर्णालीबाट उज्जवलदेव रावल र सुदूरपश्चिमबाट चेतराज पन्त चयन भएका हुन्।