काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गरिएको छ।
मंगलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बन गरी नगर प्रहरी उपरीक्षक विष्णु जोशीलाई ६ महिनाका लागि नगर प्रहरी प्रमुखको जिम्मेवारी दिएका हुन्।
'चित्तबुझ्दो जबाफ नआएपछि निलम्बन गरिएको हो,' उनले भने, 'नयाँ जिम्मेवारी विष्णु जोशीलाई दिइएको छ।'
चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत गरेको भन्दै गुरागाईंले जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। गत सोमबार पाण्डेले आफूले आफ्नो कर्तव्य पालना मात्रै गरेको उल्लेख गर्दै स्पष्टीकरण बुझाएका थिए।
यो पनिः
प्रशासकीय अधिकृत मातहत हुन्छ नगर प्रहरी, सधैं चलाए मेयर बालेनले