काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुखको जिम्मेवारी विष्णु जोशीले पाएका छन्।
मंगलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले राजुनाथ पाण्डेलाई निलम्बन गरी नगर प्रहरी प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु जोशीलाई दिएका हुन्।
गुरागाईंका अनुसार जोशीलाई छ महिनाका लागि नगर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।
'चित्तबुझ्दो जबाफ नआएपछि पाण्डेलाई निलम्बन गरी विष्णु जोशीलाई छ महिनाका लागि नगर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ,' उनले भने।
चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत गरेको भन्दै गुरागाईंले जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। गत सोमबार पाण्डेले आफूले आफ्नो कर्तव्य पालना मात्रै गरेको उल्लेख गर्दै स्पष्टीकरण बुझाएका थिए।
यो पनिः
प्रशासकीय अधिकृत मातहत हुन्छ नगर प्रहरी, सधैं चलाए मेयर बालेनले