२६ लाख रूपैयाँ बराबर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
आफूहरू भर्खरै विदेशबाट आएको र विदेशी मुद्रा सटही गर्न सहयोग गरिदिए बापत रकम दिने भन्दै झुक्क्याएर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
सुनका गहना र नगद लिएर ठगेको सूचनापछि प्रहरीले सिन्धुली दुधौली नगरपालिका-११ बस्ने ३८ वर्षीय दानबहादुर तामाङ र २६ वर्षीय दानबहादुर तामाङलाई पक्राउ गरेको हो।
उनीहरूबाट प्रहरीले १० रूपैयाँको एक सय वटा नोट र दुई वटा मोबाइल बरामद गरेको छ।
उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थपेर अनुसन्धान अघि बढाएको छ।