सशस्त्र प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बनाइदिन्छु भन्दै चार लाख ९१ हजार रूपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१५ बस्ने ४७ वर्षीय सोमकौशिक क्षेत्री रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
'निजले सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालीदिन्छु भनी पीडितबाट चार लाख ९१ हजार ठगी गरी फरार भएकामा काठमाडौं जिल्ला अदालत बबरमहलबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको हो,' उनले भने।
सोमकौशिकलाई काठमाडौंको नागार्जुन नगरपालिका–७ रामकोटमा फेला पारी पक्राउ गरिएको हो। उनलाई ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए।