त्रिशूली नदीमा फसेका दुई जनाको सकुशल उद्धार भएको छ।
रसुवामा आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाब बढ्दा फसेका दुई जनालाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको अनुसार नुवाकोट विदुर नगरपालिका–१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङलाई उद्धार गरिएको हो।
उनीहरू त्रिशूली नदीको किनारामा दाउरा काट्न गएका थिए।
चीन हुँदै रसुवामा आएको बाढीले त्रिशूलीको बहाब एक्कासी बढेपछि उनीहरू फसेका थिए।
बाढी आए पछि उनीहरू रूख चढेर बसेका थिए।