हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
शनिबार बिहान मधेस, बागमति र गण्डकी प्रदेशका एक/दुई स्थानमा छिटपुट वर्षा भएको छ।
शनिबार दिउँसो देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ।
देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशको तराई र मधेश प्रदेशमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
शनिबार राति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ।
राति कोशी प्रदेशको पहाड र तराई भूभाग लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाड र तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराई भू-भागहरूमा हावाहुरी चल्ने सम्भावना रहेको छ।