सरकारले चाडवाडको समयमा पनि आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया र अन्तरंग विभाग सधैं सुरू गर्न निर्देशन दिएको छ।
नेपालीहरूको महान पर्व विजया दशमीको समयमा पनि आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया र अन्तरंग विभाग सधैँ सुरू गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले स्वास्थ्य संस्थाहरूमा कुनै पनि अत्यावश्यक सेवा आवश्यक पर्ने, बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने, सेवालाई असर नपरोस् र निरन्तर रहोस् भन्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना स्वास्थ्य संस्थाहरूलाई सधैं सेवाहरू सुरू राख्न निर्देशन दिएको बताए।
अस्पतालमा हुने आपतकालीन मेडिकल टिम, एम्बुलेन्स सर्भिस र एम्बुलेन्सहरूको नेटवर्किङलाई निरन्तर राखिरहन र स्वास्थ्य मन्त्रालयअन्तर्गत गुनासो सुन्ने हटलाइन पनि सुरू राखेको जानकारी दिए। जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई अत्यावश्यक पर्न सक्छ भनेर जेनजी क्लिनिक पनि सुरू गरेको बताए।
उनले भने, ‘नेपालीहरूको महान चाडमा स्वास्थ्य संस्थाहरूमा कुनै पनि अत्यावश्यक सेवा आवश्यक पर्ने, बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने, सेवालाई असर नपरोस् र निरन्तर रहोस् भन्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना स्वास्थ्य संस्थाहरूलाई आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया र अन्तरंग विभाग सधैँझैं सुरू गर्न अनुरोध गरेको छ। अस्पतालमा हुने आपतकालीन मेडिकल टिम, एम्बुलेन्स सर्भिस र हाम्रो एम्बुलेन्सहरूको नेटवर्किङलाई निरन्तर राखिरहन र स्वास्थ्य मन्त्रालय अन्तर्गत गुनासो सुन्ने हटलाइन पनि सुरू राखेका छौँ। जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई अत्यावश्यक पर्नसक्छ भनेर जेनजी क्लिनिक पनि सुरू गरेका छौँ। आफ्नो चाडवाडमा खानपानमा ध्यान दिनुहोस्, स्वास्थ्य स्वस्थ राख्नुहोस्।’
प्रवक्ता बुढाथोकीले चाडवाडको बेलामा खानपानमा विशेष ध्यान दिन पनि आग्रह गरे। –न्युज एजेन्सी नेपाल