भारी हिमपातका कारण मनाङका विभिन्न स्थानमा फसेका पर्यटकलाई नेपाली सेनाले उद्धार गरेको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कात्तिक १० गते यता मनाङका विभिन्न स्थानमा फसेका झन्डै १ हजार ५०० पर्यटकलाई सेनाले उद्धार गरेको हो।
सेनाका अनुसार मनाङका तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकाहरुमा हिमपातका कारण पर्यटकहरू फसेका थिए।
उद्धार गरिएका १५ सयमध्ये २०० जना विदेशी पर्यटक रहेको पनि सेनाले जनाएको छ।
उनीहरूरुलाई मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले स्थानिय प्रशासन, जनप्रतिनिधि, शसस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा स्थानियहरुको सहकार्यमा सुरक्षित स्थानसम्म पुग्न सहयोग गरिएको सेनाले जनाएको छ।