चितवनको इच्छाकामना गाउँपालिकामा कृषि एम्बुलेन्स दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
पृथ्वी राजमार्गबाट सामान र स्थानीय व्यक्तिहरुलाई लिएर वडा नम्बर-२ स्थित हपनीतर्फ गइरहेको बागमती प्रदेश ०१-००२ झ ६६६२ नम्बरको कृषि एम्बुलेन्स साँझ सवा ६ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरीका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।
उनका अनुसार मायाटारस्थित आधारभूत विद्यालयका प्रधानाध्यापक पदम प्रजाकाअनुसार दुर्घटनामा ७८ वर्षीय वीरबहादुर प्रजा गम्भीर घाइते भएका छन्। ३२ वर्षीय कर्णबहादुर चेपाङको टाउकोमा चोट लागेको छ।
कृषि एम्बुलेन्समा चालक र ३ जना स्थानीय बासिन्दा सवार थिए। अरू दुईजना सामान्य घाइते छन्।
गाडी सडकबाट करिब ५ सय मिटर तल खसेको छ।
दुर्घटनास्थलमा अस्थाई प्रहरी चौकी मायाटारको प्रहरी टोली पुगेको छ।
घाइतेको उद्धारका लागि इलाका प्रहरी कार्यालय मुग्लिनको प्रहरी टोली घटनास्थलतर्फ गइरहेको उनले बताए।
इच्छाकामना गाउँपालिकाले ग्रामीण क्षेत्रको उत्पादनलाई बजार पुर्याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो।