गायिका नीतु पौडेलको आत्मदाह प्रकरणमा पक्राउ परेका गायक धनराज बहादुर 'बाबुल' गिरी धरौटीमा रिहा भएका छन्।
काडमाडौं जिल्ला अदालतले बुधबार उनलाई ३ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अदालतको आदेश आएसँगै उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
'उनले प्रेम सम्बन्धमा रहेको र आफ्ना केही कमीकमजोरीले गर्दा आत्मदाहको कारण आफू पनि भएको हुनसक्ने बयान दिएका छन्,' उनको भनाइ उद्धृत गर्दै एसपी भट्टराईले जानकारी दिए।
कात्तिक १ गते अनामनगरस्थित गिरीको स्टुडियोमा नीतुले शरीरमा पेट्रोल छर्केकी थिइन्।
उनको उपचार क्रममा बर्न अस्पताल कीर्तिपुरमा कात्तिक ७ गते मृत्यु भएको हो।