हरेक वर्ष मनसुन सुरू हुनासाथ बाँके, बर्दिया, कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दाहरू त्रसित हुनुपर्थ्यो।
गाउँ डुबानमा पर्थ्यो, खेतबारी बगर बन्थ्यो, घर छोडेर पशु–बालबच्चा बोकेर भाग्नुपर्थ्यो। तर अब त्यो डर हराएको छ।
कारण– नदी किनारमा बाँस, घाँस र स्थानीय प्रजातिका बोटबिरूवाले बनाइएको २ सय २० मिटर लामो जैविक तटबन्ध।
समुदायस्तरिय विपद् व्यवस्थापन समिति र स्थानीयको श्रमदानमा बनेको यो तटबन्धले कर्णाली र यसका शाखा नदीहरूको कटान तथा बाढी थेग्ने काम गरेको छ।
बाँके, बर्दिया र कञ्चनपुरका दर्जनौं नदी तटीय गाउँहरूमा यस्तै जैविक तटबन्धले किसानको जीवन सहज बनाएको छ।
जैविक तटबन्ध सस्तो, दिगो र वातावरणमैत्री मात्र होइन, स्थानीयले नै बनाउन र मर्मत गर्न सक्छन्। यो सफलताले बर्दियाका अन्य जोखिमयुक्त बस्तीहरूमा पनि यस्तै अभियान तीव्र बनेको छ।
बाढीको कहर थेग्न अब स्थानीयको साथमा प्रकृतिको शक्ति पनि जोडिएको छ। आजको फोटो फिचरमा तटबन्ध जोगिएको बस्ती सम्बन्धी केही तस्बिरहरू।










–न्युज एजेन्सी नेपाल