मकवानपुरमा गाडी दुर्घटना भएको छ।
शनिबार साँझ ५ बजे मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित सिस्नेरीको भित्री सडक खण्डमा ललितपुरबाट सिस्नेरी जाँदै गरेको बा. प्र ०१-०२८ च ७१९४ नम्बरको गाडी बागमती नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नदी तर्ने क्रममा गाडीको पछाडिपट्टिको चक्का ढुंगामा परी चिप्लिएपछि गाडी पल्टिएर नदीमै पुगेको हो।
घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। पानीमा डुबेको कारण गाडीमा भने क्षति पुगेको छ।
घटनास्थल पुगेको प्रहरीले गाडीलाई नदीबाट बाहिर निकालेको जिप्रका मकवानपुरले जनाएको छ।