१० वर्ष कैद तोकिएका एक जना फरार कैदी पुनः पक्राउ परेका छन्।
बाँकेको जानकी गाउँपालिका–६ कोठारपुरका ३१ वर्षीय बसिर अली साइ पुनः पक्राउ परेका हुन्।
बलात्कार मुद्दामा १० वर्ष कैद तोकिएपछि सजाय भुक्तान गरिरहेका उनी गत भदौ २४ गते जेनजी आन्दोलनको फाइदा उठाउँदै कारागारबाट भागेका थिए।
कारागार भित्रको अशान्त वातावरणको मौका छोपी काठमाडौंस्थित केन्द्रीय कारागार कार्यालय सुनधाराबाट उनी भागेका थिए।
बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीका अनुसार उनलाई मंसिर ५ गते गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो।