सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा बेटिङ गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आठ जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए।
उनीहरूमाथि बेटाकुलर डट लाइभ नामक बेटिङ एपमार्फत बेटिङ गराएको आरोप लागेको हो।
पक्राउ परेका सबै जना भारतीय नागरिक छन्। उनीहरू आन्द्रा प्रदेश घर भई सामाखुसी बस्दै आएका थिए।
राजा यदुला, महेश बाबु, पण्डित श्रीनिवासुलु, सेख सोयब, नभिन मड्डेला, महमद रफी सेख, साइकुमार तम्मिसेट्टी र सेख चन्द बसल पक्राउ परेका हुन्।
उनीहरूलाई प्रहरीले प्राविधिक अनुसन्धान गरी पक्राउ गरेको हो। उनीहरूबाट १५ वटा मोबाइल पनि बरामद भएका छन्।
थप अनुसन्धान गर्न उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ।