बाँकेमा एक व्यक्तिमाथि ज्यान मार्ने उद्देश्य राखेर खुकुरी प्रहार गरी फरार एक युवक पक्राउ परेका छन्।
बाँके प्रहरीले खुकुरी प्रहार घटनाका फरार आइतबार दिउँसो नेपालगञ्ज उपमहानगरपालिका–१३ का नबिन सुनारलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीका अनुसार मंसिर ३ गते राति नेपालगंज– १३ का सुरेज गिरी लगायतको समूहले एक व्यक्तिमाथि ज्यान मार्ने उद्देश्यसहित खुकुरी प्रहार गरेका थिए। त्यो घटनापछि सुनार फरार थिए।
ज्यान मार्ने उद्योग शिर्षकमा अदालतबाट पक्राउ पुर्जी जारी भएका सुनारमाथि आवश्यक अनुसन्धान सुरू गरिने डिएसपी पातलीले बताए।