अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाको तत्कालीन निमित्त निर्देशकसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
मकवानपुर, हेटौंडाको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका तत्कालीन निमित्त निर्देशक डा. अर्जुनप्रसाद सापकोटासहित ७ जनाविरूद्ध अख्तियारले सोमबार मुद्दा दर्ता गरेको हो।
अख्तियारले निर्देशक डा सापकोटासहित तत्कालीन लेखा अधिकृत राधा कृष्ण श्रेष्ठ, फार्मेसी सुपरभाइजर राजेश्वर रंजितकार, रेफ्रिजेरेटर टेक्निसियन रवीकुमार महतो र बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, लेखा अधिकृत नेत्रनर सिंह कार्की र आपूर्तिकर्ता जनमुक्ति हेल्थ ईन्टरप्राइजेज तथा उक्त कम्पनीका प्रोपाइटर नवराज श्रेष्ठविरूद्ध मुद्दा दर्ता भएको छ।
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको बोलपत्र स्वीकृत नगरी बढी मूल्य कबोल गर्ने फर्मको बोलपत्र स्वीकृत गर्ने आशयले सुचना प्रकाशित गरेको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
उनका अनुसार उनीहरू ३१ लाख १७ हजार ८९ रूपैयाँ बराबरको रकम भ्रष्टाचार गरेको देखिएको छ। त्यसैले उनीहरूविरूद्ध सोही अनुसारको बिगो माग दाबी गरिएको छ।