प्रहरीले पर्साबाट स्रोत नखुलेको १५ लाख रकमसहित एक जनालाई पक्राउ गरेको छ।
आइतबार पर्साको पकाहामैनपुर गाउँपालिका-१ धोरेका ३४ वर्षीय अवधेश पटेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साको सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।
उनका अनुसार प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालको टोलीले संयुक्त चेकजाँचको क्रममा अवधेशलाई स्रोत नखुलेको (हुण्डी) को रकम सहित पक्राउ गरेको हो।
उनीमाथि मुलुकी अपराध संहिता २०७४ को हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) मा देश/ विदेशमा कसैले पनि हुण्डीसम्बन्धी कारोबार गर्न नहुने व्यवस्था छ।