मिराज ढुंगानासहितको समूहले सिंहदरबार गेटमा प्रदर्शन गरेका छन्।
ढुंगाना नेतृत्वको 'गरिखान देऊ' समूह सिंहदरबार छिर्न खोजे पनि प्रहरीले रोकेको थियो।
सिंहदरबार छिर्न नपाएपछि उनीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्।
मंगलबार बिहान प्रधानमन्त्री सुशीला कार्कीसहितलाई भेट्ने भनेर पुगेका उनीहरूलाई प्रहरीले धकेलेर अनामनगर पुर्याएको छ।
अनामनगरको पुर्वेली भान्छा घरको परिसरबाट उनीहरूलाई अन्त जान दिइएको छैन। त्यहाँ पनि उनीहरूले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन्।
त्यसबीच ढुंगाना लगायतले प्रहरीलाई धकेलाधकेल समेत गरेका छन्।
ढुंगानाको टोली सोमबार पनि सिंहदरबार प्रवेश गर्न खोजेको थियो। तर प्रवेश नपाएपछि उनीहरू बाहिरै गेटमा पर्चा टाँसेर फर्किएको थियो।
तस्बिरहरू:
-1764055369.jpg)
-1764055370.jpg)
-1764055369.jpg)
-1764055369.jpg)
-1764055368.jpg)
-1764055368.jpg)
-1764055369.jpg)