नेपाली सेनाको उपरथी पदमा बढुवा भएका कृष्णप्रसाद भण्डारीले दर्ज्यान्ही चिन्ह पाएका छन्।
सहायक रथीबाट बढुवा भएका भण्डारीलाई मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति अशोकराज सिग्देलले चिन्ह प्रदान गरेका हुन्।
मंसिर ५ गतेको मन्त्रिपरिषदको बैठकले भण्डारीलाई बढुवा गर्ने निर्णय गरेको थियो।
यस्तै मंगलबार नै सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका एक जना महासेनानि र एक जना प्राविधिक प्रमुख सेनानीलाई समेत चिन्ह प्रदान गरिएको थियो।