प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत सहितको भ्रमण दल भारतबाट स्वदेश फर्किएको छ।
प्रधान न्यायाधीश राउत सहितको टोली मंगलबार एयर इन्डियाको जहाजबाट काठमाडौं फर्किएको हो।
भारतीय प्रधान न्यायाधीश भूषण रामकृष्ण गवईको मैत्रीपूर्ण निमन्त्रणामा मंसिर ६ गते उनीहरू भारत भ्रमणमा गएका थिए।
राउतसँग मुख्य रजिष्ट्रार विमल पौडेल र शाखा अधिकृत ऋतिका शर्मा सहभागी थिए।