काठमाडौंबाट यार्सागुम्बा सहित दुई जना पक्राउ परेका छन्।
यार्सागुम्बा लगायत विभिन्न जडिबुटी अवैध रूपमा संकलन गरी बिक्री वितरण गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए।
काठमाडौंको नयाँ बजार बस्ने ३६ वर्षीय नबिला बानु र चिनियाँ नागरिक ३७ वर्षीय मा मासुलाई पक्राउ गरेको हो।
उनीहरूबाट २० लाख नगद पनि बरामद भएको छ।
९ किलो ३६० ग्राम यार्सागुम्बा, १५७ किलो वन लसुन, १०१ किलो किटपतंग, ७ किलो ९०० ग्राम गुच्ची च्याउ, गुन्द्रुक जस्तो ७ किलो ५०० ग्राम, तौलिने मेसिन लगायत प्रहरीले बरामद गरेको छ।
उनीहरूमाथि वन ऐन, २०७६ अनुसार अनुसन्धान गर्न डिभिजन वन कार्यालय हात्तीसारमा पठाएको छ।