जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ।
बुधबार दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदल रहनेछ। महाशाखाका अनुसार बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
मौसमविद विनोद पोखरेलले आगामी दुई हप्तासम्मका लागि नेपाल उल्लेखनीय मौसम प्रणाली नभित्रने बताएका छन्। बंगालको खाडीमा चक्रवात बन्ने क्रममा रहेको र तर त्यसले पश्चिमी वायुलाई नेपाल आउन नदिने सम्भावना रहेको पनि उनले बताएका छन्।
‘त्यसैले बंगालको खाडीमा बन्ने चक्रवात र पश्चिमी वायु दुवैको प्रभाव नेपालमा नपर्ने देखियो। आगामी दुई हप्तालाई मौसम घमाइलो हुने लगभग निश्चित छ,’ उनले भनेका छन्।
यसैबीच इथोपियामा विस्फोट भएको ज्वालामुखी भारतसम्म आइपुगेको छ। नेपालसम्म आए पनि यो समुद्री सतहभन्दा १०–१५ किलोमिटर माथि रहने हुँदा वायु प्रदूषण बढ्ने सम्भावना नरहेको पोखरेलले बताएका छन्।
तर हवाई उडानलाई भने प्रत्यक्ष असर गर्ने उनले बताएका छन्। यसको प्रभाव आजसम्म पर्ने पनि उनको भनाइ छ।