दाङमा प्रहरीले ओभरलोड बोक्ने ८० सवारी साधन माथि कारबाही गरेको छ।
मंसिर ७ र ८ गते जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचमा ८० साधनले ओभर लोड बोकेको पाइएपछि कारबाहीमा परेका थिए।
ढुंगा, गिट्टी, बालुवा र चुनढुंगा ओसार पसारमा लगाइएका मध्य अधिकांश टिपरहरु कारबाहीमा परेका हुन्।
ओभर लोड बोकेर सडकमा गुड्ने हरेक ८० त्यस्ता साधनलाई जनही दुई हजारका दरले जरिवाना गरिएको थियो।
जसबाट एक लाख ६० हजार राजश्व संकलन भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन्।
यो बीचमा ट्राफिक प्रहरीले ओभर लोड बोक्नका लागि थपिएको ढाला काट्न पनि ताकेका गर्दै आएको छ।