काठमाडौं बिहानैदेखि धुम्म छ।
बिहानैदेखि पारिलो घाम लागेको छैन। घाम कहिले मलिनो लाग्ने र कहिले बादलमा हराउने भइरहेको छ।
जाडोयाम सुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण पनि बढदै गएको छ।
यो याममा वर्षाको मात्र र हावाको गति कम हुने भएकाले पनि काठमाडौं उपत्यकामा धूलो र धुवाँको मात्र बढदै जाने गर्दछ।
यसले पनि बिहीबार काठमाडौंको आकाश धुमिल बनेको छ।
यस याममा खेतीपातीका लागि खेतमा आगो बाल्ने जस्ता कामले पनि वायु प्रदूषणको मात्र बढदै गएको छ।
काठमाडौं उपत्यका सवारीसाधनको धुवाँ, सडकमा उड्ने धूलो, उद्योगधन्दा लगायतबाट निस्कने हानिकारक ग्यासले गर्दा पनि यस हिउँद याममा काठमाडौंको वायुमण्डल दूषित हुन्छ।
यस याममा काठमाडौं उपत्यका वरिपरिका विभिन्न डाँडाबाट हेर्दा उपत्यकाको माथि धूलो र धुवाँको तह प्रष्ट देख्न सकिन्छ।
तस्बिरहरूः
-ink-1764234344.jpeg)
-ink-1764234343.jpeg)
-ink-1764234343.jpeg)
-ink-1764234343.jpeg)
-ink-1764234342.jpeg)
-ink-1764234342.jpeg)
-ink-1764234342.jpeg)
-ink-1764234342.jpeg)
-ink-1764234341.jpeg)
-ink-1764234340.jpeg)
-ink-1764234340.jpeg)
-ink-1764234340.jpeg)
-ink-1764234340.jpeg)
तस्बिर : क्षितिज तामाङ/ नेपाल फोटो लाइब्रेरी ।