१९ करोड ८१ लाखभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं-११ भद्रकालीबाट प्रहरीले २३ वर्षीय मोहम्मद सेफलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
सेफबाट प्रहरीले दुई वटा मोबाइल बरामद गरेको छ। मोबाइलमा १९ करोड ८१ लाख ४९ हजार ५८१ रुपैयाँ भन्दा बढी बराबरको क्रिप्टोको कारोबार गरेको फेला पारेको हो।
उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।