सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णराज पाठक सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा सिफारिस भएका छन्।
बिहीबार बसेको बढुवा समितिको बैठकले पाठकलाई एसएसपीबाट डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।
रिक्त रहेको एक पदका लागि पाठकलाई सिफारिस गरिएको हो।
बढुवा सिफारिसमाथि चित्त नबुझ्ने एसएसपीहरूले सात दिनभित्र बढुवा समितिको सचिवालयमा उजुरी दिन सकिनेछ।