वर्षा हुनेबित्तिकै हिलो र अव्यवस्थित हुने कुनेश्वर फलफूल बजार अब व्यवस्थित हुने भएको छ।
काठमाडौं महानरपालिकाकाले कुलेश्वर फलफूल बजार क्षेत्रमा अहिले ढलानको काम अगाडि बढाएको छ ।
सामान्यतया हिलाम्मे हुने यो फलफूल बजार वर्षाको समयमा त खुट्टा राख्ने ठाउँसमेत हुँदैन।
बजारको यस्तो बिग्रिएको अवस्थाले थोक व्यापारीदेखि उपभोक्तासम्म सबैलाई लामो समयसम्म कारोबार गर्न कठिन बनाइरहेको थियो ।
व्यापारीहरूका अनुसार संगठित बजार संरचना नहुनु र कमजोर ढल निकास प्रणालीका कारण यस्ता यस्ता समस्या हरेक वर्ष खेप्नुपर्छ।
त्यसका साथै बागमती नदीको बाढीले फलफूल बजारमा ठूलो क्षति समेत पुर्याउने गरेकोमा अहिले ढलानसँगै अवस्था सहज हुने अपेक्षा गरिएको छ।
तस्बिरहरूः
-ink-1764312664.jpeg)
-ink-1764312664.jpeg)
-ink-1764312663.jpeg)
-ink-1764312663.jpeg)
-ink-1764312663.jpeg)
-ink-1764312663.jpeg)
-ink-1764312662.jpeg)
-ink-1764312661.jpeg)
-ink-1764312661.jpeg)
-ink-1764312661.jpeg)
-ink-1764312660.jpeg)
-ink-1764312660.jpeg)
-ink-1764312660.jpeg)
-ink-1764312659.jpeg)
-ink-1764312659.jpeg)
-ink-1764312659.jpeg)
-ink-1764312659.jpeg)
-ink-1764312662.jpeg)
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी