नेपाल पर्यटन बोर्डको दृश्य संवाद अभियान फोटो नेपालको सयौं संस्करण सुरू भएको छ।
शुक्रबारदेखि आइतबारसम्म भृकुटीमण्डप परिसरमा फोटो नेपाल अन्तर्राष्ट्रिय समूह चित्रकला प्रदर्शनी हुँदैछ।
बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले उद्घाटन गरेको यस संस्करणमा ४५ जना भन्दा बढी कलाकारहरू सहभागी छन्। नेपाल, रसिय, अमेरिका, बेलायत, जापान, भारत, बंगलादेश र घाना लगायतका कलाकारहरू सहभागी छन्।
उनीहरूको विविध कलाकृतिहरू नेपाली संस्कृति, प्राकृतिक दृश्य, अध्यात्मिकता, शहरी परिवर्तन र समसामयिकतामा आधारित छन्।