बारामा पानी उद्योगका म्यानेजर मृत फेला परेका छन्।
शुक्रबार प्रसौनी गाउँपालिका-६ भलुही चोकस्थित फ्याक्ट्री नजिकै ४२ वर्षीय रामकिशोर सिंह मृत फेला परेको प्रहरीले जनाएको छ।
उनी किरन बेभरेज नेपाल प्रालि (पानी फ्याक्ट्री) का म्यानेजर हुन्।
फ्याक्ट्री नजिकै रहेको नालीमा उनको शव फेला परेको छ।
प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।