काठमाडौंबाट २२३ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले तारकेश्वर नगरपालिका-६ जितपुरफेदीबाट एक जनालाई पक्राउ गरेको एसपी जनकबहादुर शाहीले जानकारी दिए।
नुवाकोट सूर्यगढी घर भएका ४३ वर्षीय कुलबहादुर तामाङ पक्राउ परेका हुन्। उनको डेराबाट प्रहरीले २२३ ग्राम खैरो हेरोइन र डिजिटल तराजु पनि बरामद गरेको छ।
उनीमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार अनुसन्धान अघि बढाएको छ।