जेनजी आन्दोलनका क्रममा पूर्वमा सरकारी कार्यालयमा तोडफोड गर्नेहरू प्रहरी नियन्त्रणमा पर्ने क्रम जारी छ।
यही क्रममा मोरङको रंगेलीमा सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेको अभियोगमा ८ जना पक्राउ परेका छन्।
मोरङ जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा पक्राउ पुर्जी जारी भएपछि उनीहरूलाई खोजी गर्न प्रहरी सक्रिय बनेको थियो।
मोरङ प्रहरीले दिएको जानकारी अनुसार उनीहरूलाई मंसिर १५ गते राति रंगेली र आसपासका बस्तीमा लुकीछिपी बसेका बेला पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा भूपाल भण्डारी, रंगेली–३, आनन्द साह, रंगेली–७, रमेश कुमार मण्डल, रंगेली–४, रूपक गौतम, रंगेली–३, रुपेश यादव, रंगेली–६, समिर क्षेत्री, कटहरी–२, दोर्जे प्रतिक तामाङ कटहरी–२ र गणपत यादव, जहदा–१ छन्।
उनीहरूलाई आ–आफ्नै घरबाट नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ।
मोरङ प्रहरीले अहिलेसम्म ३० जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ।