नेपाल मेडिकल काउन्सिलले केही चिकित्सकहरुले कन्सल्टेन्सीको व्यावसायिक प्रचारप्रसार गरेको भन्दै सचेत गराएको छ।
काउन्सिलले विज्ञप्ति निकालेर केही चिकित्सकहरुले कन्सल्टेन्सीको व्यावसायिक प्रचारप्रसार प्रयोजनका लागि आफ्ना नाम, फोटो तथा प्राप्त गरेको डिग्री साइनबोर्ड, ब्यानर, पम्पलेट आदि प्रचारप्रसार सामग्रीहरूमा राखिनु चिकित्सकीय परम्परा विपरीत रहेको भन्ने उजुरी परेको र सोही उजुरीको सम्बन्धमा नेपाल मेडिकल काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलका रजिस्ट्रार डा. सन्तोष कुमार देवले निकालेको विज्ञप्तिमा व्यवसायिक आचारसंहिता उल्लङ्घन नगर्न र गरेमा कारबाही गरिने चेतावनी दिइएको छ।

