कान्ति लोकपथको एकान्तकुना सडक खण्ड ६० दिनसम्म बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति राजमार्ग सडक योजनाअन्तर्गत एकान्तकुना क्षेत्रमा विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा ६० दिनसम्म सवारी आवागमन बन्द गरिने जनाएको छ।
जिल्ला प्रशासनले जारी गरेको सार्वजनिक सूचनाअनुसार यही मंसिर २० गतेदेखि आगामी ६० दिनसम्म दैनिक बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उक्त सडक खण्ड बन्द हुने भएको हो ।
सो योजनाअन्तर्गत आवश्यक प्राविधिक कार्य छिटो तथा प्रभावकारी रूपमा सम्पन्न गर्न बाटो बन्द गरिएको प्रशासनले जनाएको छ।
यस अवधिमा कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधन तथा सर्वसाधारण यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।