काठमाडौंमा एक जना इसराइली नागरिक कुटिएका छन्।
काठमाडौं महानगरपालिका-१६ कालधारा चोक नजिकै २५ वर्षीय अरमोजा अल्मोगमाथि कुटपिट भएको हो।
उनीमाथि सोमबार राति १० बजेतिर कालधारा चोकमा अपरिचित व्यक्तिले उनीमाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनी पकनाजोलको योग होस्टलमा बस्दै आएका थिए। कुटपिटबाट घाइते भएपछि उपचारका लागि नयाँ बजारस्थित पिपुल्स अस्पतालमा लगिएको थियो।
त्यहाँबाट उनलाई मैतिदेवीस्थित अस्पतालमा लगिएको थियो। उनको निधारमा सामान्य चोट लागेको थियो। उनी भोलिपल्ट अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
‘कुटपिट गर्नेहरूको खोजी भइरहेको छ,’ एसपी भट्टराईले भने, ‘कुनै कारण भएर कुटिएको देखिन्न। बाटोमा अभद्र व्यवहार गर्दै हिँड्ने व्यक्ति जस्तो देखिन्छ।’