प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ मनाइएको छ।
काठमाडौंको गोकर्णेश्वरमा पनि बिहीबार उधौली पर्व मनाइएको छ। हरेक वर्ष मंसिर पूर्णिमाका दिनदेखि सुरू हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरूंगी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ।
किराँत राईहरूको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ। यस चाडमा किराँतीहरू एकापसमा भेला भएर संगठित रूपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्छन्।
मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली। खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ।
वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ। खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो। बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ। बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ।
किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन्।
तस्बिरहरू:
-1764842330.jpeg)
-1764842329.jpeg)
-1764842329.jpeg)
-1764842328.jpeg)
-1764842326.jpeg)
-1764842325.jpeg)
-1764842326.jpeg)
-1764842328.jpeg)
-1764842324.jpeg)
-1764842320.jpeg)
-1764842321.jpeg)
-1764842323.jpeg)
-1764842316.jpeg)
-1764842316.jpeg)