कञ्चनपुरमा मलामी गएका एक जना युवक महाकाली नदीमा बेपत्ता भएका छन्।
भीमदत्त नगरपालिका-७ का २८ वर्षीय सनि भन्ने गंगन दमाई महाकाली नदीमा बेपत्ता भएका हुन्।
उनी आफन्त अभिषेक दमाईको मलामी गएका थिए। भीमदत्त नगरपालिका-१२ स्थित शव जलाउने ठाउँबाट महाकाली नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खड्गबहादुर खत्रीले जानकारी दिए।
'मलामी जाँदा महाकाली नदीमा छिरेको र बगाएको भन्ने कुरा बुझिएको छ,' एसपी खत्रीले भने, 'हाम्रो टोली घटनास्थलमा पुगेको छ।'
यसअघि पनि एक जना भीमदत्त नगरपालिकाको एक स्थानीय युवकको ९ दिनपछि शव फेला पारेर परिवारलाई बुझाइएको एसपी खत्रीले बताए।