सल्यानमा गाडी दुर्घटनामा परी ६ जना घाइते भएका छन्।
कपुरकोट गाउँपालिका–३ नयाँ रोड नजिकै भित्री सडक खण्डमा शुक्रबार दिउँसो रोल्पादेखि दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ८४३ नम्बरको सफारी गाडी अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
दुर्घटनामा परी रोल्पाको गंगादेवी गाउँपालिका–४ का ४५ वर्षीय हरिबहादुर थापा, सोही ठाउँकी ४२ वर्षीया गीता थापा, १९ वर्षीया टीका थापा, ३० वर्षीया विमला थापा, उनका ९ वर्षीय छोरा पवन थापा र ८ वर्षीय अर्का बालक रावल थापा घाइते भएका छन्।
घाइते सबैलाई सल्यान कपुरकोटस्थित आधारभूत स्वास्थ्य चौकीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
गाडी गंगादेव गाउँपालिका–६ का २२ वर्षीय रामकुमार वलीले चलाएका थिए।